२०८३, २६ आश्विन मंगलबार

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने


काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा रु १५,०५,५५५ (पन्ध्र लाख पाँच हजार पाँच सय पचपन्न) जम्मा गरिसकेको छ ।

बाढीपहिरो तथा प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति संवेदनशील हुँदै राहत कार्यमा सघाउन उक्त रकम कोषमा जम्मा गरिएको न्यौपानेले जानकारी दिए।

यसैगरी, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति भएपछि कम्पनीले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी गरेको छ ।

सोही अवसर पारेर १५ दिनभित्ररसुवा र नुवाकोटमा एकदेखि ढेड करोड रुपैयाँ बराबरको नयाँ कपडाहरू समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गरिने भएको छ ।

केल्मीले नयाँ कपडाहरू विपद् प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बासिन्दहरूलाई उपलब्ध गराइनेछ । यो राहत सामग्री सीधै बाँड्न नहिँडी, नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति वा परिवारको आधिकारिक सूचीका आधारमा ‘क्लोथ बैंक’मार्फत पूर्ण रूपमा निःशुल्क वितरण गरिने व्यवस्था मिलाइने छ।

वास्तविक पीडितसम्म मात्रै सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको सूचीकृत विवरणलाई आधार बनाइने प्रबन्ध निर्देशक न्यौपानेले स्पष्ट पारे । 

विगतका विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारा परिस्थितिहरूमा पनि निरन्तर सहयोग गर्दै आएको केल्मी नेपालले यसपटक पनि आफ्नो सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै यो सहयोग अगाडि बढाएको हो।

प्रकाशित मिति : २०८३, १५ भाद्र मंगलबार  ७ : ३६ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका