२०८३, १३ भाद्र आईतबार

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’


काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका प्रभावित बनाए पनि नाडा अटो शोमा सवारीसाधनको बुकिङ रोकिएको छैन। बरु, ग्राहकको चासो र बुकिङलाई निरन्तरता दिँदै व्यवसायीहरूले वैकल्पिक नाका र रुटबाट गाडी ल्याउने तयारी थालेका छन्। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शोको आज चौथो दिन हो।

केरुङबाट आपूर्ति अवरुद्ध भएपछि व्यवसायीहरूले तातोपानी, कोरोला र अन्य वैकल्पिक मार्गलाई प्राथमिकतामा राखेका छन्। बीवाइडीले कोरोला नाका हुँदै गाडी ल्याउने तयारी गरेको छ भने दिपलका गाडी थाइल्याण्डबाट भारत हुँदै वीरगञ्ज आउने भएकाले आपूर्तिमा ठूलो असर नपर्ने व्यवसायीहरूको भनाइ छ। एमएडब्लू वृद्धिका सीईओ ज्ञानेन्द्रबहादुर चन्दले नाडामा बुकिङ भएका दिपलका गाडी तिहारभित्र ग्राहकलाई उपलब्ध गराउने बताएका छन्।

बाढीले रसुवा क्षेत्रमा केही कम्पनीका गाडीसमेत क्षति पुर्‍याए पनि व्यवसायीहरू आपूर्ति व्यवस्थापनमा आक्रामक रूपमा जुटेका छन्। नामीका करिब १५० ईभी बाढीमा क्षतिग्रस्त भएको अवस्थामा पनि नयाँ गाडी वैकल्पिक मार्गबाट ल्याउने तयारी भइरहेको छ। चीनबाट विभिन्न ब्रान्डका ईभी तथा सवारीसाधन आयात गर्ने कम्पनीहरूले ‘नाका बन्द भए बाटो बदल्ने, बुकिङ भएको गाडी रोकिँदैन’ भन्ने रणनीतिसहित दशैं–तिहारको बजारलाई लक्षित गरेका छन्।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ९ : १८ बजे

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३