काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। SAIC MAXUS Automotive Co., Ltd., चीनसँगको समन्वयमा कम्पनीले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग घोषणा गरेको हो।
घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने २० लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ। स्थानीय सरकार तथा सामाजिक संस्थासँगको समन्वयमा बढी प्रभावित र तत्काल सहयोग आवश्यक भएका क्षेत्रमा राहत सामग्री पुर्याइनेछ।
MAXUS Nepal ले विपद्को कठिन घडीमा नेपाल र नेपाली जनतासँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ। राहत तथा पुनःस्थापनाका प्रयासमा पारदर्शी र प्रभावकारी ढंगले योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले बाढी प्रभावित परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।







प्रतिक्रिया