२०८३, २६ आश्विन मंगलबार

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’


काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। SAIC MAXUS Automotive Co., Ltd., चीनसँगको समन्वयमा कम्पनीले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग घोषणा गरेको हो।

घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने २० लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ। स्थानीय सरकार तथा सामाजिक संस्थासँगको समन्वयमा बढी प्रभावित र तत्काल सहयोग आवश्यक भएका क्षेत्रमा राहत सामग्री पुर्‍याइनेछ।

MAXUS Nepal ले विपद्को कठिन घडीमा नेपाल र नेपाली जनतासँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ। राहत तथा पुनःस्थापनाका प्रयासमा पारदर्शी र प्रभावकारी ढंगले योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले बाढी प्रभावित परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ९ : १४ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका