२०८३, १३ भाद्र आईतबार

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग


काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम उपलब्ध गराएको हो।

बैंकका सञ्चालक समिति सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। सहयोगप्रति अर्थमन्त्री वाग्लेले नेपाल बैंक परिवारलाई धन्यवाद दिएका छन्।

नेपाल बैंकले प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका बेला सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। बैंकले बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ९ : ०९ बजे

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३