२०८३, २६ आश्विन मंगलबार

रसुवा बाढीमा नाइमाको ‘ठूलो साथ’, राहत कोषमा ५० लाख

रसुवा बाढीमा नाइमाको ‘ठूलो साथ’, राहत कोषमा ५० लाख


काठमाडौं । रसुवाको भोटेकोशी बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) पनि राहत अभियानमा जोडिएको छ। नाइमाले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नाइमाले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताएकी छन्। उनका अनुसार नाइमाका सदस्य कम्पनीहरूले बाढीको सुरुवातदेखि नै आर्थिक सहयोगसँगै यातायात र लजिस्टिक व्यवस्थापनमार्फत राहत तथा उद्धारमा योगदान दिँदै आएका छन्। नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका अन्य सरोकारवालालाई पनि आफ्नो क्षमता र स्रोतअनुसार प्रभावितको सहयोगमा जुट्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ९ : ०४ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका