२०८३, १३ भाद्र आईतबार

भोटेकोशी बाढीपीडितलाई सिद्धार्थ बैंकको ठूलो साथ, २ करोड ५१ लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई सिद्धार्थ बैंकको ठूलो साथ, २ करोड ५१ लाख सहयोग


काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरेको हो।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को कठिन घडीमा प्रभावित नागरिकको पीडामा साथ दिन सहयोग गरिएको बैंकको भनाइ छ।

बैंकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित क्षेत्रमा सामान्य जनजीवनको शीघ्र पुनर्बहालीको कामना गरेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ५५ बजे

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३