काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो आकर्षक डिजाइनभन्दा पनि पहिले मूल्यका कारण अवलोकनकर्ताको ध्यान खिचिरहेको छ- स्काईवेल बीई ११।
लक्जरी फिचर, लामो रेन्ज र आधुनिक प्रविधिसहितको स्काईवेल ईभी ५० लाख रुपैयाँभन्दा कम मूल्यबाट उपलब्ध भएपछि भृकुटीमण्डपमा पुग्ने धेरै अवलोकनकर्ता यसको स्टलतर्फ आकर्षित भएका छन्। गाडी हेर्ने, फिचर बुझ्ने र मूल्यबारे जानकारी लिने ग्राहकको संख्या बढ्दै गएको छ। नेपालका लागि स्काईवेलको आधिकारिक विक्रेता एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा बीई ११ मोडल सार्वजनिक गरेको हो। कम्पनीले अटो शो विशेष अफरअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
यसैगरी, ४१० किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्ट ५३ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्ट ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ। एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने उच्च भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। अटो शोमा गाडी अवलोकन गर्न आएका धेरैले स्काईवेलको मूल्यलाई ‘सरप्राइजिङ’ बताएका छन्। लामो समयदेखि ईभी किन्ने सोच बनाएका तर मूल्यका कारण निर्णय गर्न नसकेकाहरूका लागि यो गाडी आकर्षक विकल्प बनेको देखिन्छ।
स्काईवेल बीई ११ मा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री र ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार ठूलो ब्याट्री भएको भेरियन्टले ५२० किलोमिटरसम्म तथा अर्को भेरियन्टले ४१० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
१५० किलोवाट क्षमताको मोटर, डीसी फास्ट चार्जिङ सुविधा, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र फराकिलो इन्टेरियरले बीई ११ लाई अझ आकर्षक बनाएको छ। कम्पनीका अनुसार डीसी फास्ट चार्जरबाट करिब ३५ मिनेटमा ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
१९७ एमएमको ग्राउन्ड क्लियरेन्स पनि नेपाली सडकका लागि यसको अर्को आकर्षण बनेको छ।
५० लाख रुपैयाँभन्दा कम मूल्य, ४१० किलोमिटरको रेन्ज र लक्जरी फिचरको संयोजनले नाडा अटो शोमा स्काईवेल बीई ११ अहिले धेरैको चासोको केन्द्र बनेको छ। मूल्य थाहा पाएपछि स्टलमा पुगेर ‘इन्क्वायरी’ गर्नेको संख्या बढ्दै जाँदा स्काईवेलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने संकेत देखाएको छ।







प्रतिक्रिया