२०८३, २६ आश्विन मंगलबार

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै


काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय एसयूभी एम हिरो नेपाल आइपुगेको छ। नेपाली बजारमा यो गाडी एमएडब्लू वृद्धि अटोद्वारा भित्र्याइएको हो।

आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा एम हिरो सार्वजनिक गर्ने तयारी गरिएको छ। कठिन तथा अफरोड भूभागमा समेत सहज रूपमा चलाउन सकिने दाबी गरिएको एम हिरोमा चारवटा विद्युतीय मोटर जडान गरिएको छ। चारवटै मोटरले संयुक्त रूपमा अधिकतम ८०० किलोवाट पावर उत्पादन गर्छन्।

करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीको दाबी छ। एम हिरोमा १४२.७ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जमा यसले ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ। यसको रेन्ज डब्लूएलटीपी परीक्षणबाट मापन गरिएको हो।

अफरोड क्षमताका लागि एम हिरोमा बालुवा, चट्टान, हिलो तथा पानीयुक्त भूभागका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन्।

डिजाइनतर्फ ठूलो स्क्रिनसहितको ड्यासबोर्ड, थ्री–स्पोक स्टेयरिङ र विशेष डिजाइनका डोर ह्यान्डल राखिएका छन्। यसको इन्टेरियरलाई आधुनिक तथा विलासी शैलीमा तयार गरिएको छ।नेपाली बजारमा एम हिरोको मूल्य भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। नाडा अटो शोमा औपचारिक रूपमा सार्वजनिक भएपछि यसको मूल्य र अन्य प्राविधिक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

शक्तिशाली चार मोटर, ठूलो ब्याट्री र अफरोड क्षमतासहित नेपाल भित्रिएको एम हिरोको मूल्य कति तोकिन्छ भन्ने विषयमा अहिले नेपाली अटो बजारमा चासो बढेको छ।

प्रकाशित मिति : २०८३, २ भाद्र बुधबार  ७ : ४६ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका