काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम सवारीसाधनले दर्शकको ध्यान तानेका छन्। एक्स्पोमा विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधनका विभिन्न ब्रान्ड र मोडल प्रदर्शनमा राखिएका छन्।
एक्स्पोमा १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ८ वटा गाडी समेत प्रदर्शनीमा राखिएका छन्। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा सुविधा र आरामदायी इन्टेरियरका कारण यी प्रिमियम गाडीमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ। आयोजक तथा सहभागी कम्पनीका प्रतिनिधिहरूका अनुसार एक्स्पोमा प्रदर्शित करोडमाथिका गाडीहरूमा विभिन्न ब्रान्डका प्रिमियम एसयूभी, विद्युतीय तथा हाइब्रिड मोडल छन्।
यी गाडीमध्ये केहीको मूल्य १ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँभन्दा माथिसम्म रहेको छ। भेरियन्ट, सुविधा र कम्पनीअनुसार मूल्य फरक–फरक छ। एक्स्पोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकसँगै नयाँ प्रविधि र प्रिमियम गाडीबारे जानकारी लिन चाहनेहरूको पनि उल्लेख्य उपस्थिति देखिएको छ।














प्रतिक्रिया