२०८३, २६ भाद्र शनिबार

मधेसमा विद्युत् पूर्वाधार विस्तारलाई तीव्रता, दसैंअघि बालगंगा सबस्टेसन सञ्चालनमा ल्याउने तयारी

मधेसमा विद्युत् पूर्वाधार विस्तारलाई तीव्रता, दसैंअघि बालगंगा सबस्टेसन सञ्चालनमा ल्याउने तयारी


काठमाडौं । मधेस प्रदेशमा बढ्दो विद्युत् माग सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रणनीतिक प्रसारण लाइन तथा सबस्टेसन निर्माण आयोजनालाई तीव्रता दिएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले धनुषामा निर्माणाधीन बालगंगा सबस्टेसनलाई दसैंअघि नै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको जानकारी दिएका छन्। सबस्टेसन सञ्चालनमा आएपछि मधेस प्रदेशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

मन्त्रालयले तत्कालको विद्युत् माग सम्बोधनसँगै उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट आगामी दिनमा थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

सिरहा, सप्तरी, रौतहट तथा बारा–पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधारका लागि थप प्रसारण लाइन र सबस्टेसन निर्माणका विभिन्न प्रक्रिया अघि बढाइएको छ। औद्योगिक क्षेत्रमा बढ्दो विद्युत् खपतलाई ध्यानमा राख्दै पर्याप्त र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले पूर्वाधार विस्तारलाई रणनीतिक रूपमा अघि बढाइएको मन्त्रालयको भनाइ छ।

नयाँ प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएपछि मधेस प्रदेशमा विद्युत् आपूर्तिको गुणस्तर र विश्वसनीयता बढ्नुका साथै उद्योग विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधारसमेत थप बलियो हुने अपेक्षा गरिएको छ।

निर्माणाधीन आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले नियमित अनुगमन, सम्बन्धित निकायबीच समन्वय तथा आवश्यक सहजीकरणलाई समेत तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ श्रावण बुधबार  ५ : ०५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।