२०८३, २७ भाद्र आईतबार

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा


काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार जित्ने अवसरसँग जोड्दै माछापुच्छ्रे बैंकले आफ्नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौं (आईआरडी)’ सुविधा सञ्चालनमा ल्याएको छ।

आन्तरिक राजस्व विभागले अघि बढाएको करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सघाउने उद्देश्यले बैंकले यो सुविधा ल्याएको जनाएको छ। यसमार्फत ग्राहकले आफूले गरेको योग्य कारोबार, कारोबारको विवरण तथा पुरस्कारका लागि योग्य भए–नभएको जानकारी मोबाइलबाटै हेर्न सक्नेछन्।

नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने व्यवस्था छ। त्यसका लागि ग्राहकले छुट्टै दर्ता गर्नुपर्ने छैन। कार्यक्रममा सहभागी योग्य कारोबारमध्ये हरेक दिन एक जनालाई कर कट्टीपछि रु. १ लाख र हरेक १५ दिनमा एक जनालाई रु. १० लाख बम्पर पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

माछापुच्छ्रे बैंकका ग्राहकले एमबीएल एम–स्मार्टमा लगइन गरी ‘बिल जितौं’ मेनुबाट आफ्नो योग्य कारोबारको संख्या र विवरण हेर्न सक्नेछन्। पुरस्कार विजेता बनेको अवस्थामा समेत सम्बन्धित जानकारी सोही मेनुमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकले ग्राहकलाई रु. १०० भन्दा बढीको खरिदमा मर्चेन्ट क्यूआरबाट डिजिटल भुक्तानी गर्न, प्यान/भ्याट बिल लिन र सुरक्षित राख्न आग्रह गरेको छ।

डिजिटल भुक्तानीको विस्तारसँगै कर प्रणालीमा पारदर्शिता र बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने सरकारी अभियानमा सहकार्य गर्न यो सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  १२ : ०२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।