२०८३, २५ श्रावण मंगलबार

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार


काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफाको नयाँ उचाइ छोएको छ। बैंकको खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँको सीमा पार गर्दै ४ अर्ब १ करोड रुपैयाँ पुगेको हो। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक बैंकको खुद नाफा ४०.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष एनएमबिले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चार अर्बको नाफा बैंकको वित्तीय इतिहासमै पहिलोपटक हासिल भएको हो। पछिल्लो एक वर्षमा बैंकले आम्दानीका विभिन्न स्रोतलाई विस्तार गर्दै नाफामा उल्लेख्य वृद्धि गरेको देखिन्छ। बैंकको मुख्य आम्दानीको आधार मानिने खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। सम्पत्ति तथा दायित्व व्यवस्थापनमा सुधार आएपछि ब्याज आम्दानी बढेको बैंकले जनाएको छ।

यता डिजिटल बैंकिङको विस्तारले गैरब्याज आम्दानीलाई समेत बलियो बनाएको छ। शुल्क तथा कमिसनबाट हुने आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। सबैभन्दा तीव्र वृद्धि भने ट्रेडिङ आम्दानीमा देखिएको छ। ट्रेजरी तथा विदेशी मुद्रा कारोबारमा सुधारसँगै बैंकको खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले उक्लिएर ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेसँगै सेयरधनीका लागि महत्वपूर्ण मानिने वितरणयोग्य नाफा पनि १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ। बैंकको ROE ११.५८ प्रतिशत र ROA १.०४ प्रतिशत पुगेको छ। यी सूचकले बैंकको पुँजी र सम्पत्तिको प्रयोगबाट प्रतिफल हासिल गर्ने क्षमतामा सुधार भएको देखाउँछन्।

समग्रमा, ब्याज आम्दानीदेखि डिजिटल कारोबार र ट्रेडिङसम्मका प्रमुख क्षेत्रको सुधारले एनएमबि बैंकलाई पहिलोपटक चार अर्बभन्दा माथिको खुद नाफासम्म पुर्‍याएको छ। अब भने यो रेकर्डसँगै सेयरधनीले पाउने लाभांश कति हुन्छ भन्ने चासोसमेत बढेको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ११ : ३७ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद्को बैठक

नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६००

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ