२०८३, २५ श्रावण मंगलबार

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व


काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजनाका लागि एनएमबी बैंकको नेतृत्वमा ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो।

करिब १२ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंक अगुवा तथा मुख्य लगानीकर्ता र सानिमा बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्।

दुध खोला हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनामा माउन्टेन इनर्जी नेपाल र सीताराम तिमिल्सिना समूह प्रमुख लगानीकर्ताका रूपमा रहेका छन्।

ऋण सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र कम्पनीका अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन्।

एनएमबी बैंकले जलविद्युत् क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकिएको छ।

आयोजनामा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको बैंकको भनाइ छ। आयोजनाको ESG पक्षको प्रारम्भिक मूल्याङ्कन Hydropower Sustainability Alliance (HSA) को Hydro ESG Tool प्रयोग गरी गरिएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ७ : ४२ बजे

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे