२०८३, २५ श्रावण मंगलबार

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

मंगलबार बिहान करिब सवा ५ बजे हाइड्रोपावरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा परी ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ का करिब ५५ वर्षीय दिपक बरुवाल बेपत्ता भएका हुन्।

पहिरोबाट खसेको ढुंगा लागेर हाइड्रोपावरमा काम गर्न जाने क्रममा गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ। विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि भुरुङ तातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको जनाएको छ।

पहिरोको जोखिम रहेको क्षेत्रमा हाइड्रोपावर सञ्चालन भइरहँदा कामदारको सुरक्षा, जोखिम मूल्यांकन र पूर्वतयारीमा व्यवस्थापन पक्ष कति गम्भीर थियो भन्ने प्रश्नसमेत उठेको छ। घटनाको कारण र सुरक्षाका लागि अपनाइएका उपायबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ७ : २८ बजे

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे