२०८३, २६ आश्विन मंगलबार

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो


काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सरकारले विभिन्न संस्थान तथा निकायमा गरेको कुल लगानी यो परिमाणमा पुगेको हो।

कार्यालयका अनुसार कुल लगानीमध्ये शेयर लगानी ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ र ऋण लगानी ५ खर्ब ५५ अर्ब २५ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै सरकारले ३४ अर्ब ९२ करोड ७१ लाख ९६ हजार रुपैयाँ थप लगानी गरेको छ। यसमध्ये ५ अर्ब ७३ करोड ९९ लाख ४६ हजार रुपैयाँ शेयर र २९ अर्ब १८ करोड ७२ लाख ४९ हजार रुपैयाँ ऋण लगानी गरिएको हो। सरकारले यही अवधिमा आफ्नो लगानीबाट ५६ अर्ब २० करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ। उक्त आम्दानीमध्ये ५० अर्ब ९२ करोड ९५ लाख ४१ हजार रुपैयाँ लाभांशबाट प्राप्त भएको हो।

त्यसैगरी, साँवा फिर्ताबाट २ अर्ब ८६ करोड ५२ लाख ६६ हजार रुपैयाँ तथा ब्याज आम्दानीबाट २ अर्ब ४० करोड ७६ लाख ४१ हजार रुपैयाँ प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सरकारको लगानीको ठूलो हिस्सा ऋण लगानीमा रहेको देखिएको छ भने, आम्दानीको प्रमुख स्रोत लाभांश बनेको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ५ : १७ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका