२०८३, २६ आश्विन मंगलबार

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी


काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व पाएको छ। सरकारले निगमका सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गर्दै महाप्रबन्धकको जिम्मेवारीसमेत सुम्पिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी नेतृत्व एउटै व्यक्तिमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। यससँगै श्रेष्ठले अब निगमको नीति निर्माणसँगै दैनिक प्रशासनिक र व्यवस्थापकीय कामको नेतृत्व पनि गर्नेछन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले श्रेष्ठलाई महाप्रबन्धकको कार्यसमेत गर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि नेतृत्व र व्यवस्थापनका चुनौती झेल्दै आएको नेपाल वायुसेवा निगममा यो नियुक्तिलाई सुधारको प्रयासका रूपमा हेरिएको छ। अब नयाँ नेतृत्वले निगमको सेवा विस्तार, व्यवस्थापन सुधार, वित्तीय अनुशासन र संस्थागत पुनर्संरचनामा कस्तो परिणाम दिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ६ : १३ बजे

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा