२०८३, २२ असार मंगलबार

बहुमूल्य बोधिचित्तको कारोबारमा प्रहरी संलग्नताको आरोप, किसान र व्यवसायी चिन्तित

बहुमूल्य बोधिचित्तको कारोबारमा प्रहरी संलग्नताको आरोप, किसान र व्यवसायी चिन्तित


काभ्रे । काभ्रेका किसानहरूको प्रमुख आम्दानीको स्रोत बन्दै गएको बुद्धचित्त (बोधिचित्त) मालाको कारोबारमा प्रहरीको हस्तक्षेप बढेको भन्दै स्थानीय किसान र व्यवसायीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सुरक्षाको नाममा प्रहरीले खरिद–बिक्री प्रक्रियामा हस्तक्षेप गरी आर्थिक चलखेल गरेको आरोप उनीहरूले लगाएका हुन् ।
स्थानीय व्यवसायी तथा किसानका अनुसार बहुमूल्य बोधिचित्तका बोटमा निगरानी गर्ने, यसको गुणस्तर र मूल्यका आधारमा विभिन्न पक्षसँग समन्वय गर्ने तथा त्यसको आडमा काभ्रे प्रहरीले आर्थिक लाभ लिने प्रयास भइरहेको छ । कमिसन प्राप्त भए माला टिप्नेदेखि काठमाडौंसम्म ढुवानीमा सहजता मिलाइदिने, अन्यथा किसान र व्यापारीलाई दबाब दिने तथा विवाद सिर्जना गराइदिने गतिविधि प्रहरीबाट भएको उनीहरूको दाबी छ ।
यस्ता गतिविधिमा काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीको निर्देशनमा प्रहरी निरीक्षक (सई) राजेन्द्र ढुंगेल नेतृत्वको टोली परिचालित भएको आरोप स्थानीयले लगाउन थालेका छन् । यद्यपि यस विषयमा प्रहरीले आरोप अस्वीकार गरेको वा आधिकारिक धारणा सार्वजनिक गरेको जानकारी प्राप्त भएको छैन ।
पछिल्लो समय रोशी गाउँपालिका–११ मा भएको एउटा घटनाले यो विषय थप चर्चामा आएको छ । स्थानीयका अनुसार रोशी–११ का मोहनबहादुर रायमाझीले तेमाल गाउँपालिका–६ का साम्देन लामा र रोशी गाउँपालिका–५ का सञ्जय लामासँग बुद्धचित्त माला हस्तान्तरण तथा वितरणसम्बन्धी करार सम्झौता गरेका थिए । तर प्रहरी प्रशासनको हस्तक्षेपका कारण उक्त सम्झौता अनुसारको प्रक्रिया प्रभावित भएको र जबर्जस्ती माला टिपिएको आरोप सम्बन्धित पक्षले लगाएको छ ।
स्रोतका अनुसार मालाधनी रायमाझीले माला बिक्री बापत करिब ९ लाख रुपैयाँ प्राप्त गरिसकेका थिए । उक्त रकमको लेनदेन भएको भिडियोसमेत रहेको दाबी गरिएको छ । त्यसपछि प्रहरीको दबाबमा माला टिपिएको र प्रहरीकै स्कर्टिङमा साँगा हुँदै काठमाडौंतर्फ लगिएको आरोपसमेत लगाइएको छ ।
यस घटनापछि स्थानीय किसान तथा व्यवसायीहरूले बोधिचित्तको कारोबारमा सरकारी निकायको भूमिका पारदर्शी हुनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार कानुनी रूपमा भएको सम्झौताको सम्मान हुनुपर्ने र कुनै पनि पक्षको दबाब वा प्रभावका आधारमा कारोबार प्रभावित हुनु नहुने उनीहरुको माग छ ।
यस विषयमा प्रहरी प्रमुख एसपी रविन कार्कीसँग प्रतिक्रिया लिन खोजिएको भए पनि समाचार तयार पार्दासम्म विस्तृत प्रतिक्रिया प्राप्त हुन सकेन ।
बोधिचित्त माला तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बीहरूबीच धार्मिक तथा सांस्कृतिक महत्व बोकेको वस्तु हो। काभ्रेको तेमाल, रोशी, नमोबुद्धलगायत क्षेत्रमा यसको व्यावसायिक खेती हुँदै आएको छ । चीन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भियतनाम, मकाउ र ताइवानलगायत देशमा यसको उच्च माग रहेको व्यवसायीहरू बताउँछन् ।

बोधिचित्तको मूल्य यसको मुखे, आकार र गुणस्तरका आधारमा निर्धारण हुन्छ । केही दुर्लभ प्रकारका गेडाको मूल्य प्रतिगोटा लाखौँ रुपैयाँसम्म पुग्ने भएकाले पछिल्ला वर्षहरूमा यसको आर्थिक महत्व उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयहरु बताउने गर्छन् ।
यता सिन्धुलीको सुनकोशी ध्याङलेख र फिक्कल गाउँपालिकामा खरिद कर्ताहरु बीच बिवाद भएको सो विषय जिल्ला अदालतहुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो ।
सिन्धुली प्रहरीको सहयोगमा सुनकोशी र ध्याङलेखको माला टिपिएको सरोकारवालाहरुले बताउने गर्छन् । सिन्धुली जिल्ला अदालतका न्यायाघिसले समेत कानूनी साक्षरता कार्यक्रम सकेर फर्कने क्रममा उहाँले उक्त बोटको निरिक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३, २२ असार मंगलबार  ८ : ५५ बजे

मधेस बाहेक ६ प्रदेशमा सरकार हेरफेरको तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको पूर्वसहमतिअनुसार

संविधान संशोधन बहसपत्र कार्यदलबाट तीन दल बाहिरिए

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलबाट

नक्कली शरणार्थी प्रकरण : ७ जनालाई सफाइ, अरू दोषी ठहर 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

बहुमूल्य बोधिचित्तको कारोबारमा प्रहरी संलग्नताको आरोप, किसान र व्यवसायी चिन्तित

काभ्रे । काभ्रेका किसानहरूको प्रमुख आम्दानीको स्रोत बन्दै गएको बुद्धचित्त

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेस

काठमाडौं । संविधान संशोधनको बहानामा राज्यको आधारभूत संरचनामै हस्तक्षेप गर्न