२०८३, २६ आश्विन मंगलबार

५० वर्षको यात्रामा नाडा : स्वर्ण उत्सवसँगै अटोमोबाइल उद्योगको नयाँ अध्याय सुरु

५० वर्षको यात्रामा नाडा : स्वर्ण उत्सवसँगै अटोमोबाइल उद्योगको नयाँ अध्याय सुरु


काठमाडौं । पाँच दशकअघि केही व्यवसायीको साझा पहलबाट सुरु भएको एउटा संस्था आज नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रभावशाली छाता संगठनका रूपमा स्थापित भएको छ। यही गौरवपूर्ण यात्रालाई स्मरण गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा भव्य रूपमा स्वर्ण उत्सव मनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्य र नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न समारोहले केवल ५० वर्षको उत्सव मात्र होइन, नेपालको अटोमोबाइल उद्योगको विकास यात्रालाई पनि पुनः स्मरण गराएको छ।

उत्सवको आकर्षणका रूपमा दशरथ रंगशालादेखि दरबारमार्गस्थित होटल याक एण्ड यतिसम्म आयोजित वाकाथनले राजधानीको वातावरण नै उत्सवमय बनाएको थियो। कार्यक्रममा नाडाका वर्तमान तथा पूर्व पदाधिकारी, व्यवसायी, विभिन्न सदस्य कम्पनीका प्रतिनिधि, विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा बोल्दै वक्ताहरूले नाडाले अटोमोबाइल व्यवसायीहरूको हकहित संरक्षण, सरकारसँग नीतिगत संवाद, कर तथा भन्सार नीतिमा सुझाव, सडक सुरक्षा प्रवर्द्धन र व्यवसायिक वातावरण निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

स्वर्ण उत्सवको अवसरमा संस्थाको नेतृत्व गर्दै विभिन्न कालखण्डमा योगदान पुर्‍याएका पूर्व अध्यक्षहरूलाई विशेष सम्मान गरिएको थियो। नाडाले उनीहरूको योगदानलाई संस्थाको आजको सफलताको बलियो आधारका रूपमा स्मरण गरेको छ।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको नेतृत्वमा स्थापना भएको नाडाले हालसम्म २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन्। पाँच दशकको यात्रामा नाडा केवल व्यवसायिक संगठनमा सीमित नरही अटोमोबाइल क्षेत्रको नीतिगत साझेदारका रूपमा पनि स्थापित भएको छ।

नाडाले यस अवधिमा नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री, नाडा अटो न्यूज र नाडा अटो ड्राइभ क्यालेन्डरजस्ता नियमित प्रकाशनलाई निरन्तरता दिएको छ। साथै आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उत्कृष्ट वस्तुगत संघका रूपमा पटक–पटक सम्मानित नाडाले सामाजिक उत्तरदायित्वका कार्यक्रम, विपद्का समयमा राहत तथा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक अभियानमार्फत पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

असार १३ देखि १९ गतेसम्म सञ्चालन हुने स्वर्ण उत्सव सप्ताहअन्तर्गत काठमाडौंसहित सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरिने नाडाले जनाएको छ। स्वर्ण उत्सव केवल विगतको उपलब्धिको उत्सव मात्र नभई विद्युतीय सवारी, हरित प्रविधि र आधुनिक गतिशीलतासहित नेपालको अटोमोबाइल क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउने संकल्पका रूपमा समेत हेरिएको छ।

समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  १२ : ३० बजे

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा