काठमाडौं । काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण आज साँझ ७ः०० बजेदेखि यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, रोशी खोलामा पानीको बहाब बढेपछि खतरनाक स्थिति सिर्जना भएको हो। पनौती, नमोबुद्ध, काभ्रेभञ्ज्याङ लगायतका स्थानमा भारी वर्षा भइरहेकोले राजमार्गमा जोखिमको अवस्था उत्पन्न भएको बताइएको छ।
सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र नेपालथोकमा रोकिएको छ र यात्रुहरूलाई उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ। यसअघि, गत शुक्रबारको बाढीले राजमार्ग अवरुद्ध गरेपछि ३६ घण्टापछि यातायात सञ्चालनमा ल्याइएको थियो।
प्रहरीले मौसमका स्थितिलाई ध्यानमा राखेर यात्रुहरूलाई सतर्क रहन र केवल सुरक्षित अवस्थामा यात्रा गर्न अनुरोध गरेको छ।








प्रतिक्रिया