२०८३, ११ कार्तिक बुधबार

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ


काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजालमाथि गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप छ। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए। जेनजी आन्दोलनपछि उनी एक महिना नपुग्दै सीडीओबाट हटाइएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसमेत कारबाही सिफारिस गरेको थियो। आयोगकै सिफारिसमा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए।

रिजाल सीडीओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए। त्यस क्रममा कर्मचारीहरूको अध्यागमन, कार्यालय स्थानान्तरण र अन्य प्रशासनिक निर्णयमा ‘पेशागत आचरण विपरीत’ काम गरेको आरोप लगाइएको छ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणअनुसार रिजालमाथि भ्रष्टाचार र अस्वभाविक प्रशासनिक गतिविधिमा अनुसन्धान भइरहेको छ। साथै, तत्कालीन सचिव, निजी सचिव र अन्य अधिकारीहरूमाथि पनि अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२, १६ चैत्र मंगलबार  ९ : २३ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा