२०८३, २९ असार मंगलबार

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु


काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बानी हय्यान नजिक भएको विस्फोटमा शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको युनिफिलले जनाएको छ। यसअघि पनि सो क्षेत्रमा आक्रमणका घटना भइरहेका छन्।

मृतकमध्ये एक जना इन्डोनेसियाका सैनिक रहेको पुष्टि भएको छ। इन्डोनेसियाले घटनाको निन्दा गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।

घटनाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चिन्ता व्यक्त गर्दै शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

पछिल्ला दिनमा इजरायल र हेजबोल्लाहबीच बढ्दो तनावका कारण दक्षिण लेबनानमा हिंसा चर्किँदै गएको छ।

प्रकाशित मिति : २०८२, १६ चैत्र मंगलबार  ९ : १७ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित