२०८३, ११ कार्तिक बुधबार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने तय भएको छ।

बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ। नवनिर्वाचित सांसदहरूको शपथपछि दलको नेतृत्व टुंग्याउने तयारीस्वरूप बैठक बोलाइएको हो। आजै नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन्। त्यसलगत्तै संसदीय दलको बैठकसमेत बस्ने सम्भावना रहेको छ।

यसैबीच, बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेताका रूपमा अघि सार्ने विषयमा पार्टीभित्र छलफल हुन सक्ने चर्चा भए पनि औपचारिक निर्णय भने भइसकेको छैन।

रास्वपाले संसदीय दलको नेता चयन प्रक्रिया आन्तरिक सहमति र विधिअनुसार अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २०८२, ११ चैत्र बिहीबार  १० : ०४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा