२०८२, ३० फाल्गुन आईतबार

आजदेखि बैंकहरूमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?

आजदेखि बैंकहरूमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?


काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने गरी प्रकाशित नयाँ दरअनुसार फागुन महिनाको तुलनामा अधिकतम औसत निक्षेप ब्याजदर केही घटेको छ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार हरेक महिना बैंकहरूले निक्षेपको ब्याजदर पुनरावलोकन गर्दै सार्वजनिक गर्ने व्यवस्था छ। सोहीअनुसार चैत महिनाका लागि बैंकहरूले नयाँ ब्याजदर लागू गरेका हुन्।

चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ औसत अधिकतम ब्याजदर ४.४९ प्रतिशत कायम गरिएको छ भने संस्थागत निक्षेपतर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ। यसअघि फागुन महिनामा व्यक्तिगत निक्षेपको अधिकतम औसत ब्याजदर ४.५६ प्रतिशत र संस्थागत निक्षेपको ३.३३ प्रतिशत थियो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमा

  • नेपाल बैंक लिमिटेड
  • ग्लोबल आइएमई बैंक लिमिटेड
  • कुमारी बैंक लिमिटेड
  • प्राइम कमर्सियल बैंक लिमिटेड
  • कृषि विकास बैंक लिमिटेड
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

समावेश रहेका छन्।

बैंकहरूले ब्याजदर घटाउनुको मुख्य कारण बजारमा तरलता अवस्था सुधार हुनु, कर्जा माग अपेक्षाकृत कम हुनु तथा अन्तरबैंक ब्याजदरमा आएको गिरावटलाई मानिएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएपछि बैंकहरूले निक्षेप तान्न उच्च ब्याजदर दिनुपर्ने दबाब कम हुँदै गएको देखिन्छ।

अर्थविद्हरूका अनुसार ब्याजदर घट्ने क्रम जारी रहँदा आगामी महिनाहरूमा कर्जाको ब्याजदरमा पनि केही कमी आउन सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ८ : २८ बजे

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी

काठमाडौँ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित सम्झौता अहिलेको

आजदेखि बैंकहरूमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?

काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली