२०८३, १० कार्तिक मंगलबार

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ


काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको छ, जसमा १९५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले गुण्डागर्दी, ठगी र बिचौलिया गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, पक्राउ परेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएका छन्। एसएसपी थापाले भने, “ठमेल, विमानस्थल लगायतका क्षेत्रहरूमा तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, र बिचौलिया गतिविधिमा संलग्न १९५ जनालाई नियन्त्रणमा लिएका छौं।”

प्रहरीका अनुसार, पक्राउ परेकाहरूमा ठगी, गुण्डागर्दी र अन्य आपराधिक गतिविधिहरूमा संलग्न रहेका छन्। प्रहरीले यसै क्रममा यी व्यक्तिहरूको थप अनुसन्धान गरिरहेको जनाएको छ।

अप्रेशनको उद्देश्य काठमाडौं शहरको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनु र आपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नु हो। यो सर्च अप्रेशनले जनतालाई शान्ति र सुरक्षाको अनुभव दिने आशा गरिएको छ।

प्रहरीले सर्च अप्रेशनलाई निरन्तरता दिने योजना बनाएको छ र यसका माध्यमबाट अपराधको दर घटाउने उद्देश्य राखिएको छ।

प्रकाशित मिति : २०८२, २० चैत्र शनिबार  ९ : १४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा