२०८३, ७ कार्तिक शनिबार

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ।

कर्जा सूचना केन्द्रको विवरणअनुसार उनलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो र हालसम्म पनि उक्त सूचीमा नाम कायम रहेको जनाइएको छ। केन्द्रको अभिलेखमा उनको नाम कालोसूचीको ८९६३५ नम्बरमा उल्लेख छ।

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी भएका थिए। यस पटक भने उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका साहलाई पार्टीले प्रवेशलगत्तै उम्मेदवार बनाएको थियो।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कलवार कालोसूचीमा रहे/नरहेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

उता निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “उहाँको विषयमा अहिलेसम्म आयोगमा कुनै उजुरी आएको छैन। उजुरी आएमा आवश्यक निर्णय गरिनेछ।”

निर्माण व्यवसायमा संलग्न कलवारमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत लाग्दै आएको छ। यद्यपि, यी आरोपबारे औपचारिक पुष्टि हुन बाँकी छ।

आगामी निर्वाचनको सन्दर्भमा उम्मेदवारको आर्थिक र कानुनी पृष्ठभूमिबारे उठेका प्रश्नले राजनीतिक वृत्तमा थप चर्चा सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२, १९ फाल्गुन बुधबार  ५ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना