काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक पूर्वधारहरु अधुरा छन्, जनताको सुःख घाम जस्तो टाढा लाग्छ । यहाँका पहाडहरू जति उकालो ओरालो छन्, त्यत्तिकै यहाँका जीवन पनि संघर्षले भरिएका छन् । र त्यही कठोर भूगोल, त्यही उपेक्षित जनताको यथार्थले जन्मायो एक होनाहार योद्ध, जनताका प्रिय नेता-यज्ञ बहादुर बोगटी, जसको राजनीतिक जीवन केवल पद र सत्ताको लागि होइन, जनताको पीडा र अपेक्षाको धड्किन्छ ।
परिवर्तनको लहर थियो । २०४६ साल । त्यो बेला जनआन्दोलनको रौनक देशभर निरंकुशताको जरा हल्लाइरहँदा, अछामका गाउँ–बस्तीमा पनि परिवर्तनको लहर उठ्न थाल्यो । त्यही बेला एक किशोर मनले प्रश्न सोध्यो “किन गरिबहरु सधैं गरिव हुन्छन् ? अछाम विकास निर्माणबाट टाढा किन रहन्छ ?” यही प्रश्नले एक प्रतिबद्धता, आक्रोस विद्धोह बोल्यो र, अछाम उठ्न थाल्यो, जुट्न थाल्यो र बोल्न थाल्यो ।
बोगटीले २०४७ साल मंसिर ८ गते, मंगलसैनस्थित श्री षोडशा माध्यमिक विद्यालयमा विद्यार्थी राजनीतिबाट उहाँले औपचारिक यात्रा सुरु गर्नुभयो । अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवका रूपमा विद्यार्थीका समस्यामा गहिरो ध्यान दिनुभयो, र जनताको आवाज सुन्ने अभ्यास गर्नुभयो । त्यही अभ्यासले उहाँ अछामको जनताको प्रिय नेता बन्न सफल हुनुभयो ।
विद्यार्थी आन्दोलनपछि उहाँ प्रवेश गर्नुभयो, नेपाल कम्युनिस्ट पार्टी एमालेमा गाउँ-गाउँ, बस्ती-बस्ती पुगेर जनतालाई प्रशिक्षण दिनु, जनताको समस्या पार्टी एजेन्डासँग जोड्नु,यी उहाँका दैनिक कर्म बने । राजनीति उहाँका लागि भाषण र फोटोका लागि होइन, जनताको घर-आँगनमा प्रकट हुने वास्तविकता थियो ।
२०६५ सालमा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्दा उहाँले संगठन र जनताको सम्बन्धलाई सधैं प्राथमिकता दिनुभयो । जनताको विश्वास खोस्न नदिने स्पष्ट नीति, दुर्गम ठाउँमा पनि उपस्थित रहनु, यही कारणले उहाँको नेतृत्वमा पार्टी मजबूत भयो । यही अनुभव र निष्ठाले उहाँलाई पार्टीको केन्द्रीय सदस्य बनायो । केन्द्रमा पुगे पनि उहाँले अछामको माटो बिर्सनुभएन, बरु राष्ट्रिय स्तरमा अछामको जनताको सुख र दुखका आवाज बुलन्द बनाउनुभयो ।
२०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि उहाँ संघीय संसदमा पुग्नुभयो । तर संसद उहाँका लागि आरामको कुर्सी थिएन । सडक, पुल, खानेपानी, विद्युत्, स्वास्थ्य र शिक्षा, यी सबै आधारभूत सवाल उठाएर उहाँले विकासलाई केवल भाषणमा सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गर्नुभयो । सडक बजारसँग जोडियो, विद्युत् विस्तारले उत्पादन सम्भव भयो, पानीले जीवनस्तर उकास्यो यी सबै उहाँका नजरमा वर्गीय सशक्तीकरणका साधन थिए ।
कोभिड-१९ महामारीले अछामलाई पनि संकटमा पार्दा बोगटी अग्रमोर्चामा देखिनुभयो। अस्पतालको क्षमता विस्तार, अक्सिजन प्लान्ट स्थापना र राहत समन्वय, यी सबैमा सक्रिय रहनु उहाँको राजनीति जनताको सेवा केन्द्रित रहेको प्रमाण थियो । बाढी-पहिरो वा अन्य प्राकृतिक विपत्तिमा प्रत्यक्ष घटनास्थलमा पुगेर सहयोग गर्नु, जनतासँग आँखामा आँखा मिलाएर कुरा गर्नु काँधमा काँध मिलाएर जनतासंग सुख दुख साट्नु यही उहाँको परिचय बन्यो ।
अछाम-२ मा बेरोजगारी र बसाइँसराइ गम्भीर समस्या हुन् । हजारौं युवा रोजगारीका लागि गाउँ छोड्छन् । बोगटीको बुझाइमा यो केवल व्यक्तिगत असफलता होइन, यो संरचनागत कमजोरी हो । उहाँको धारणा छ, स्थानीय उत्पादन, कृषि, साना उद्योग र पूर्वाधार विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु जरुरी छ ।
मध्यमवर्गीय परिवारमा जन्मेका बोगटी, मंगलसैन नगरपालिका-३ का स्थायी बासिन्दा, ठूलो पदमा पुगे पनि अहंकार नदेखाउने, सामान्य नागरिकसरह जनताको बीचमा बस्ने नेता हुन् । उहाँका लागि राजनीति पद वा सम्मान होइन, जनताको भरोसा, जनताको जीवनस्तर र जनताको आवाज महत्वपूर्ण छ । २०७४ सालमा सुरु भएका अधुरा योजनाहरू अझै निर्माणाधीन छन् । बोगटी भन्छन् “विकासलाई निरन्तरता दिन अनुभवी नेतृत्व आवश्यक छ । केवल योजना बनाएर काम सकिँदैन जनताको आवाजलाई जोडेर अघि बढाउनुपर्छ ।” समाज र जनताको हितमा उदार योगदान दिने व्यक्तित्व दुर्लभ हुन्छ। यज्ञबहादुर बोगटी त्यसैप्रकारका नेतृत्वकर्तामध्ये एक हुन् । उहाँले शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधार क्षेत्रमा गरेका प्रयासले स्थानीय समुदायको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ ।
उहाँले मंगलसैन बहुप्राविधिक शिक्षालय स्थापना गरेर स्थानीय युवालाई प्रविधि र व्यवसायिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नुभएको छ । यसले विद्यार्थीलाई व्यावहारिक सीपमा दक्ष बनाउने मात्र होइन, गाउँ-टोलका बालबालिकाका लागि पनि शिक्षामा पहुँच सुनिश्चित गरेको छ। परिणामस्वरूप,भविष्यमा रोजगार र आर्थिक अवसरहरू सहज पहुँचमा रहेका छन्।
स्वास्थ्य क्षेत्रमा उहाँको सपना र नेतृत्वका कारण सबै स्थानीय पालिकामा अस्पताल निर्माण भईरहेको अवस्थामा आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुभएको छ । बिरामीले टाढा यात्रा नगरी नजिकै स्वास्थ्य सुविधा पाउने वातावरण निर्माण हुनु ठूलो उपलब्धि हो । त्यसैगरी, कमल बजारमा खानेपानीको व्यवस्थाले दैनिक जीवन सहज बनाउने मात्र नभई स्वास्थ्य र सरसफाइमा समेत सकारात्मक प्रभाव पारेको छ । यी पहलहरूले स्पष्ट रूपमा देखाउँछन् कि यज्ञबहादुर बोगटी केवल नेता होइनन्, बल्कि विकासप्रेमी समाजसेवी पनि हुन्। शिक्षा, स्वास्थ्य र पूर्वाधारमा गरेको योगदानले समुदायलाई दीर्घकालीन लाभ पु¥याउँछ र उहाँको नाम समाजमा सदैव सम्मानसाथ स्मरण हुनेछ ।
यज्ञ बहादुर बोगटीको यात्रा व्यक्तिगत महत्वाकांक्षाको होईन । अछामको आक्रोस, यो पहाडको पीडा, गाउँको संघर्ष र जनताको आशाको कथाको यात्रा हो । संगठन, सेवा र संघर्ष यी तीन स्तम्भमा उभिएको उहाँको राजनीति सत्ताको उपभोग होइन, जनताको सशक्तीकरणको अभियान हो । अछामको माटोले सिकाएको पाठ स्पष्ट छ, परिवर्तन मागेर पाइँदैन, दृढ र प्रतिबद्धताले संगठित शक्ति निर्माण गर्छ । यही विश्वासका साथ बोगटी जनताको घरदैलोमा उभिएका छन् सूर्य चिन्ह लिएर …
लेखक : प्रेस चौतारी नेपाल अछामका अध्यक्ष हुनुहुन्छ ।






प्रतिक्रिया