२०८३, ३० असार बुधबार

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान


काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो।

यसअघि बुधबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ रहेको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ। उता चाँदीको मूल्य पनि उकालो लाग्ने क्रममै छ। बुधबार चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २०८२, १६ माघ बिहीबार  ११ : ४७ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित