२०८२, २२ चैत्र सोमबार

सुनका लगानीकर्ता छ महिनामै मालामाल

सुनका लगानीकर्ता छ महिनामै मालामाल


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार नाघ्दै ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । चालू आर्थिक वर्षको सुरुवातमा झन्डै २ लाख रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य छ महिनामै एक लाख २४ हजार रुपैयाँभन्दा बढीले बढेको हो ।

२०८२ साउन १४ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ थियो । त्यसयता लगातार उकालो लागेको सुनको मूल्य माघको मध्यसम्म आइपुग्दा ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । यस अवधिमा सुनमा लगानी गरेका लगानीकर्ताहरूले उल्लेख्य प्रतिफल हात पारेका छन् ।

साउनपछि भदौ १३ गते सुनको मूल्य २ लाख ६ सय रुपैयाँ पुगेको थियो । एक महिनामै ६ हजार रुपैयाँले बढ्दै सुनले २ लाखको मनोवैज्ञानिक बिन्दु पार गरेको थियो । त्यसपछि दशैं–तिहार नजिकिँदै जाँदा सुनको मूल्य झन् तीव्र गतिमा बढ्न थाल्यो । असोज १२ गते प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य एकै महिनामा २२ हजार रुपैयाँले बढेको थियो ।

कार्तिक १४ गते सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ पुगेको थियो भने मंसिर १४ गतेसम्म आइपुग्दा २ लाख ५२ हजार रुपैयाँ नाघ्यो । विवाहको लगन सुरु हुँदासम्म सुनको मूल्य निरन्तर बढे पनि गहनाको माग भने अपेक्षाकृत सुस्त देखिएको थियो ।

पुस १४ गते सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भयो । त्यसपछि पुस र माघको बीचमा सबैभन्दा ठूलो छलाङ देखियो । माघ १४ गते सुनको मूल्य एकै महिनामा झन्डै ४९ हजार रुपैयाँले बढ्दै ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको हो ।

किन बढ्दैछ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाव र अमेरिकी नीतिगत अनिश्चितताका कारण सुनको मूल्य बढेको हो । विश्वव्यापी अस्थिरता बढ्दा लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुने गरेका छन् ।

उनले अमेरिकाको इरान र ग्रिनल्यान्डसँग बढ्दो तनाव, सम्भावित कर नीतिहरू र अन्तर्राष्ट्रिय बजारको अनिश्चितताले सुनको माग बढाएको बताए । “विश्वमा युद्ध वा अस्थिरता बढ्दा सुनको मूल्य स्वाभाविक रूपमा उकालो लाग्छ,” रसाइलीले भने ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म नेपालमा १८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सुन आयात भएको छ । सो अवधिमा एक हजार ५३ केजी सुन नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ ।

महासंघका अनुसार नेपालमा सुन खरिददेखि गहना निर्माणसम्म करिब १३ प्रतिशत अतिरिक्त कर भार लाग्ने गर्दछ । भन्सार शुल्क, बैंक तथा व्यवसायी मार्जिन र विलासिता करका कारण नेपाली बजारमा सुन अन्तर्राष्ट्रिय बजारभन्दा महँगो पर्न गएको हो ।

नेपालीहरूको पहुँच बाहिर सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले सुनको मूल्य नेपालीहरूको क्रयशक्तिभन्दा बाहिर गएको बताए । “तीन लाखभन्दा कम हुँदासम्म नेपालीहरूले सुन किन्थे । तर अहिले सर्वसाधारणको पहुँच बाहिर गइसकेको छ,” उनले भने ।

तर, भविष्यमा मूल्य अझै बढ्ने अनुमानका कारण केही लगानीकर्ताहरूले भने सुन खरिद गरिरहेको उनले जानकारी दिए । हाल दैनिक १५ देखि २० केजीसम्म सुनको कारोबार भइरहेको छ ।

व्यवसायीहरूका अनुसार आगामी ५–६ महिनासम्म सुनको मूल्य अझै बढ्ने सम्भावना छ । तोलामै चार लाख रुपैयाँसम्म पुग्न सक्ने आँकलन गरिए पनि सुनको लगानी जोखिमयुक्त हुने भएकाले सतर्कता आवश्यक रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १५ माघ बुधबार  ८ : २९ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको