२०८२, २० चैत्र शनिबार

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ। यस सम्झौताले विदेशबाट नेपालमा भित्रिने रकमलाई अझ सजिलो, सरल र विश्वासिलो बनाउने उद्देश्य राखेको छ।

स्मार्ट पे मार्फत साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशमा रहेका नेपालीहरूले MBL REMIT प्रयोग गरी नेपाल पठाएको रकम बैंकका १६५ शाखा, शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र २० हजारभन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन्। साथै, रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि गरिएको छ।

स्मार्ट पे तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंक तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल ले सम्झौतामा हस्ताक्षर गरेका छन्।

स्थापना कालदेखि माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सेवाहरू लागू गर्दै आएको छ। हाल बैंकसँग १६५ शाखा, ८८ शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र १९९ एटीएम मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा उपलब्ध छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ६ : ३७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।