२०८२, २० चैत्र शनिबार

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा


काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकका लागि विशेष सुविधा सहित परिमार्जित सुनचाँदी धितो कर्जा उपलब्ध गराउने भएको छ।

बैंकले बजारमा सुन–चाँदीको आकर्षण बढ्दो रहेको र लगानीका विकल्पको रूपमा समेत प्रयोग हुने भएकाले प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। यस अन्तर्गत ग्राहकले आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्न पनि कर्जा लिन सक्नेछन्। कर्जाको अधिकतम सिमा रु. ५० लाख तोकिएको छ।

सेवा हाल न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगंज, हेटौंडा र भैरहवा शाखामा उपलब्ध हुने भए पनि कर्जाको निवेदन कुनै पनि शाखा मार्फत पेश गर्न सकिने बैंकले जनाएको छ।

३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर करिब ८ लाख ग्राहक रहेका छन्। बैंकले “सबल बैंक, सफल सहकार्य” भन्ने नारासँगै भविष्यमा पनि ग्राहक हितमा नयाँ–नवीनतम् सेवाहरू उपलब्ध गराउँदै जाने जनाएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ६ : २९ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।