२०८२, ५ माघ सोमबार

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !


काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामेल भएका कुलमान घिसिङलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय साम्पाङले पछिल्लो स्ट्याटसमा कुलमानप्रति कटाक्ष गर्दै लेखेका छन्, “उज्यालो नेपाल पोइला गयो रे हो ? यस्ताहरूले देशको नेतृत्व गर्ने रे ? एक महिनासम्म नि आफ्नो विचारमा टिक्न नसक्नेहरूलाई भोट होइन बहिष्कार गर्नु पर्छ है नेपाली हो !”

साम्पाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र ऊर्जा क्षेत्रमा चर्चित कुलमान घिसिङविरुद्ध पनि बेला–बेला कडा अभिव्यक्ति दिँदै आएका छन्। रवि, बालेन र कुलमानबीच एकताको चर्चा सुरु भएदेखि नै उनले त्यसको विरोध गर्दै सामाजिक सञ्जालमा लगातार आलोचनात्मक स्ट्याटस र भिडिओ पोस्ट गर्दै आएका छन्।

सोमबार मात्रै कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको थियो। त्यसलगत्तै हर्क साम्पाङको उक्त टिप्पणी सार्वजनिक भएको हो।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : ५५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा