काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोगमा हुलदंगा गरेका छन्।
जेनजी मुभमेन्ट नेपालका अजय सोडारीसहितका युवाहरू निर्वाचन आयोगको कार्यालयभित्र पसेर चुनावी प्रक्रिया बन्द गर्न नाराबाजी गरेका थिए। उनीहरूले समानुपातिक सूची बुझाउने क्रममा निर्वाचनलाई ‘धोका’ भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि विरोध प्रदर्शन गरेका छन्।
सोडारी समूहले २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौता समारोहमा पनि सम्झौता च्यातेको र कार्यालय परिसरमै हुलदंगा गरेको घटना पहिल्यै सार्वजनिक भएको थियो।






प्रतिक्रिया