२०८२, २० चैत्र शनिबार

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र


धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न सकेको छैन। २४ भदौमा भएको आन्दोलनमा प्रदेश सभा भवनमा आगजनी र तोडफोड हुँदा भौतिक संरचना ध्वस्त भएकाले बैठक स्थगित भएको हो।

यस कारण प्रदेश सभा सचिवालयमा दर्ता भएका पाँच वटा विधेयक अगाडि बढ्न सकेका छैनन्। दर्ता भएका विधेयकमा केही वन ऐन संशोधन, टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन र व्यवस्थापन, बडघर भलमन्सा प्रथा, दलित सशक्तिकरण संशोधन र स्थानीय सेवा सम्बन्धी ऐन संशोधन रहेका छन्।

सचिवालयका सचिव देवबहादुर बोगटीले भने, “ध्वस्त संरचनाको मर्मत र पुनःनिर्माणको काम जारी छ। कुर्सी, टेबल र माइक जडानको काम चलिरहेको छ। संरचना तयार नभएसम्म बैठक बस्न सक्दैन।”

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख भीमबहादुर भण्डारीसँग छलफल गरी बैठक चाँडो बोलाउन आग्रह गरेका छन्। कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले संरचना निरीक्षण गर्दै बैठक बोलाउने तयारीको जानकारी दिएका छन्।

एमालेका मल्लले भने, “प्रदेश सभाको बैठक सञ्चालन गरेर ऐन, कानुन निर्माणको काम अघि बढाउनु जरुरी छ। प्राविधिक तयारी पूरा भएपछि केही दिनमा बैठक बस्छ।” धामीले पनि बैठक चाँडै बोलाउने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  १० : ०४ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।