२०८२, १९ फाल्गुन बुधबार

राजनीतिमा नयाँ-पुराना होइन, एजेण्डा र गन्तव्य महत्वपूर्ण हुन्छ : शंकर पोखरेल

राजनीतिमा नयाँ-पुराना होइन, एजेण्डा र गन्तव्य महत्वपूर्ण हुन्छ : शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा व्यक्ति वा दल नयाँ कि पुरानो भन्नेभन्दा पनि एजेण्डा, नीति र गन्तव्य नै निर्णायक हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नीतिविहीन र एजेण्डाविहीन शक्तिलाई केवल ‘नयाँ’को पगरी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्ने सोच भ्रमपूर्ण रहेको उल्लेख गरेका छन् । आफूलाई नयाँ शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लगायत हालसालै उदाएका दल तथा पात्रहरूबीच सम्भावित गठबन्धनको चर्चा भइरहेका बेला पोखरेलको यस्तो अभिव्यक्ति आएको हो।

महासचिव पोखरेलले पार्टीको इतिहास पुरानो भए पनि नीति, विचार र नेतृत्व निरन्तर अद्यावधिक भइरहे पार्टी सधैँ जीवन्त र सान्दर्भिक रहने बताए। उनले नेकपा एमाले नीति र नेतृत्व दुवैलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी भएको दाबी गरेका छन्। ‘नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर सुधार गर्दै आएको पार्टी हो,’ उनले लेखेका छन्, ‘यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरू नयाँहरू मिल्नुपर्छ भन्ने तर्क अघि सारिरहेका छन्।’

महासचिव पोखरेलले नयाँको नाममा चर्चामा आएका रवि लामिछाने, बालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ तथा पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सबै कुनै न कुनै रूपमा राज्यसत्तामा परीक्षण भइसकेका पात्र भएको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  ८ : ५४ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको