२०८२, १६ चैत्र मंगलबार

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीचको राजनीतिक संवाद अब निर्णायक मोडमा पुगेको छ। पार्टी एकता वा सहकार्यबारे आज रातिसम्म ठोस टुंगो नलागे अलग–अलग बाटो रोजिने निश्चितजस्तै भएको निकट स्रोतले जनाएको छ।

पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातमा कडा सौदाबाजी भइरहेको छ। रास्वपाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची प्रस्ताव गरेको छ भने नेतृत्वक्रम र भावी सत्ता संरचनाबारे स्पष्ट सहमति खोजिँदैछ। स्रोतका अनुसार बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने प्रतिबद्धतामा रवि कायम छन्।

यसअघि संवाद बिग्रँदै गएपछि बालेनले वैकल्पिक राजनीतिक मोर्चा बनाउने तयारी थालेका थिए, जसले रविमाथि दबाब बढाएको छ। आजको छलफलले नयाँ शक्तिहरूको एकता हुन्छ कि अन्तिम विच्छेद, त्यसको फैसला गर्नेछ।

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार  १२ : १२ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा