२०८२, १९ फाल्गुन बुधबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक बुधबार ९ पुस दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ। पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका संशोधनको तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।

१५ औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र जिल्ला अधिवेशनको मिति पुनः निर्धारण गर्ने विषयमा पार्टीभित्र फरक–फरक मत देखिएको छ। संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने २६ पुसमै वडा अधिवेशन गर्नुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ।

महाधिवेशन कार्यतालिकाबारे पार्टीभित्र देखिएको मतभेदलाई व्यवस्थापन गर्ने र सहमतिमा पुग्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  १ : ४९ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको