२०८२, १ फाल्गुन शुक्रबार

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली


काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको अनुगमन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहितको सरकारी टोली च्यासलस्थित कार्यालय पुगेको छ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले आगजनीबाट भएको क्षतिको अवस्था अवलोकन गर्नुका साथै नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत पार्टी प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा घटनाको पृष्ठभूमि, क्षतिको विवरण र राजनीतिक संवादको सम्भावनाबारे विचार–विमर्श गरिएको जनाइएको छ।

अनुगमन टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

यसअघि आजै सरकारी टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको पनि अनुगमन गरेको थियो। आजै नेकपा (तत्कालीन माओवादी केन्द्र) लगायत अन्य राजनीतिक दलका कार्यालयमा समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ।

उल्लेखनीय छ, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड र आगजनी भएको थियो।

सरकारले उक्त घटनापछि राजनीतिक संवादमार्फत समाधान खोज्न तथा क्षतिको मूल्याङ्कन गर्न राजनीतिक संवाद समिति गठन गरेको हो।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  १ : ३७ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको