२०८२, ८ पुस मंगलबार

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली


काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको अनुगमन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहितको सरकारी टोली च्यासलस्थित कार्यालय पुगेको छ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले आगजनीबाट भएको क्षतिको अवस्था अवलोकन गर्नुका साथै नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत पार्टी प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा घटनाको पृष्ठभूमि, क्षतिको विवरण र राजनीतिक संवादको सम्भावनाबारे विचार–विमर्श गरिएको जनाइएको छ।

अनुगमन टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

यसअघि आजै सरकारी टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको पनि अनुगमन गरेको थियो। आजै नेकपा (तत्कालीन माओवादी केन्द्र) लगायत अन्य राजनीतिक दलका कार्यालयमा समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ।

उल्लेखनीय छ, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड र आगजनी भएको थियो।

सरकारले उक्त घटनापछि राजनीतिक संवादमार्फत समाधान खोज्न तथा क्षतिको मूल्याङ्कन गर्न राजनीतिक संवाद समिति गठन गरेको हो।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  १ : ३७ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ