२०८२, ५ माघ सोमबार

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक आज बसेको छ। काठमाडौंमा सम्पन्न बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।

बैठकमा महासचिव शंकर पोखरेलले संगठनात्मक तथा नीतिगत विषयसम्बन्धी विभिन्न प्रस्तावहरू पेश गर्नुभएको छ। ती प्रस्तावहरूमध्ये पार्टी नेताहरूको कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई दिने प्रस्ताव प्रमुख रूपमा समावेश गरिएको छ। प्रस्तावअनुसार अब केन्द्रीय नेताहरूलाई कुन जिम्मेवारी दिने भन्ने विषय १९ सदस्यीय सचिवालयले टुंगो लगाउनेछ। यसअघि केन्द्रीय कमिटीबाट हुने कार्यविभाजनलाई थप प्रभावकारी र गतिशील बनाउन सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने उद्देश्यसहित यो प्रस्ताव ल्याइएको जनाइएको छ।

बैठकमा अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि पुनः बस्ने निर्णयसमेत गरिएको छ। त्यस्तै, केन्द्रीय निकायअन्तर्गत रहने गरी सल्लाहकार परिषद गठन गर्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। प्रस्तावित परिषद कम्तीमा २५ सदस्यीय हुने उल्लेख गरिएको छ।

यसैगरी, पार्टी विधान संशोधन तथा परिमार्जन गरी पुनः प्रकाशन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। एमालेको ११औँ महाधिवेशन उद्घाटन भइसकेपछि बन्दसत्र सुरु हुनुअघि नै बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधानलाई अस्थायी रूपमा ब्युँताएको थियो। सोही निर्णयअनुसार सचिवालय र केन्द्रीय कमिटीको आकार विस्तार गरिएको थियो।

प्रकाशित मिति : २०८२, ४ पुस शुक्रबार  ८ : ०२ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा