२०८२, ५ माघ सोमबार

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण


काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएपछि ओलीले शपथ लिएका हुन्। शपथ ग्रहण समारोहपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अध्यक्ष ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।

यसअघि ओली २०७८ सालमा चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट उनी पहिलो पटक पार्टी अध्यक्ष बनेका थिए।

यद्यपि, २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए।

अध्यक्ष ओलीसँगै पार्टीका अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन्।

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार  ६ : ०४ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा