२०८२, ५ माघ सोमबार

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै


काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका नेताहरूबीच उल्लेखनीय सौहार्दता देखिएको छ। मतदान जारी रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू एकसाथ हिँड्दै प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्।

ओली र पोखरेलसँगै ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल र महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन्।

१९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि मतदान भइरहेको छ। यसअघि केही केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।

महाधिवेशनमा कुल २,२६२ जना प्रतिनिधि सहभागी छन्। प्राप्त जानकारीअनुसार दिउँसो १२ बजेसम्म करिब ४ सय मत खसिसकेको छ।

महासचिव पदका उम्मेदवार शंकर पोखरेलले निर्वाचन प्रक्रियाले एमालेको आन्तरिक लोकतन्त्र सुदृढ र सक्षम रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  २ : ५५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा