२०८२, १६ चैत्र मंगलबार

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये निवर्तमान सांसद सुहाङ नेम्वाङ र युवा नेता अमित लामा अन्ततः संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली समूह) को सूचीमा समेटिएका छन्।

यसअघि सार्वजनिक गरिएको ओली पक्षको प्रारम्भिक सूचीमा दुवै नेताको नाम नपरेपछि पार्टीभित्र चासो र चर्चा बढेको थियो। तर, नाम मिलाउने प्रक्रियामा भएको हतारो र दबाबका कारण दुवैको नाम छुट्न गएको एक एमाले नेताले जानकारी दिएका छन्।

अद्यावधिक सूचीअनुसार, सुहाङ नेम्वाङ खुला केन्द्रीय सदस्यतर्फ १६३ नम्बरमा तथा अमित लामा समावेशी अन्तर्गत आदिवासी–जनजाति कोटाबाट तेस्रो नम्बरमा समेटिएका छन्।

सुहाङ नेम्वाङ संविधानसभाका अध्यक्ष दिवंगत सुवास नेम्वाङका छोरा हुन् भने पेशाले कानून व्यवसायीसमेत हुन्। यस्तै, अमित लामा राष्ट्रिय युवा संघ नेपालको पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्।

प्रकाशित मिति : २०८२, १ पुस मंगलबार  ६ : ३७ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा