२०८२, ५ माघ सोमबार

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये निवर्तमान सांसद सुहाङ नेम्वाङ र युवा नेता अमित लामा अन्ततः संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली समूह) को सूचीमा समेटिएका छन्।

यसअघि सार्वजनिक गरिएको ओली पक्षको प्रारम्भिक सूचीमा दुवै नेताको नाम नपरेपछि पार्टीभित्र चासो र चर्चा बढेको थियो। तर, नाम मिलाउने प्रक्रियामा भएको हतारो र दबाबका कारण दुवैको नाम छुट्न गएको एक एमाले नेताले जानकारी दिएका छन्।

अद्यावधिक सूचीअनुसार, सुहाङ नेम्वाङ खुला केन्द्रीय सदस्यतर्फ १६३ नम्बरमा तथा अमित लामा समावेशी अन्तर्गत आदिवासी–जनजाति कोटाबाट तेस्रो नम्बरमा समेटिएका छन्।

सुहाङ नेम्वाङ संविधानसभाका अध्यक्ष दिवंगत सुवास नेम्वाङका छोरा हुन् भने पेशाले कानून व्यवसायीसमेत हुन्। यस्तै, अमित लामा राष्ट्रिय युवा संघ नेपालको पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्।

प्रकाशित मिति : २०८२, १ पुस मंगलबार  ६ : ३७ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा