२०८२, ५ माघ सोमबार

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार


काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा उपमेयर जितेको नेकपा एमालेले ती चारै महानगरपालिकाका निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्य पदको उम्मेदवार बनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका चारै उपमेयरमध्ये तीन जना नयाँ अनुहार हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ भने दोस्रो पटक केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी हुन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला पहिलो पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

सुनिता डंगोल हाल एमाले केन्द्रीय स्थानीय तह विभागकी सदस्य हुन् भने मञ्जली शाक्य बज्राचार्य ललितपुर जिल्ला कमिटीकी उपसचिव हुन् ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला भने यसअघि मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदका लागि उम्मेदवार बनेकी थिइन्, जहाँ उनी पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ४ : २० बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा