२०८२, ५ माघ सोमबार

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन


काठमाडौं नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई सम्बोधन गरिरहेका छन्।

आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण ढिलो गरी दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो।

यसअघि शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन संरचनामा संशोधन गर्दै केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटीलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक संरचना, नेतृत्व चयन प्रक्रिया तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २८ मंसिर आईतबार  ३ : ४७ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा