२०८२, ५ माघ सोमबार

श्रीमतीको हत्या गरी शव गाडेपछि आफैं प्रहरीमा हराएको निवेदन, श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी शव गाडेपछि आफैं प्रहरीमा हराएको निवेदन, श्रीमान पक्राउ


संखुवासभा । संखुवासभामा आफ्नी श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्।

मादी नगरपालिका–६ निवासी ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार प्रेम दोर्चीले मंसिर ९ गते श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। निवेदनपछि घटनाबारे अनुसन्धान सुरु गर्दा उनी स्वयं शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा प्रेमले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंसिर ९ गते राति करिब साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दम्पतीबीच विवाद भएको र सोही क्रममा कुटपिट गरी मिना शेर्पाको हत्या गरिएको हो।

हत्या गरेपछि शवलाई त्रिपालमा बेरेर आफ्नै अलैंची बारीमा खाल्डो खनी गाडेको बयान उनले दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट शव उत्खनन गरेको थियो। शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रेम दोर्ची शेर्पामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, २८ मंसिर आईतबार  ३ : ३८ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा