२०८२, १६ चैत्र मंगलबार

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च


भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा १०८ रोपनीमा फैलिएको भव्य मञ्च तयार पारेको छ। काठमाडौं उपत्यकाको कला, संस्कृति र वास्तुकलालाई समेटेर बनाइएको मञ्चको मूल डिजाइन चाँगुनारायण मन्दिरबाट प्रेरित छ। मञ्चमा शंख, चक्र, घन्टा, धरहराको प्रतिरूपसहित उपत्यकाका पुरातन सम्पदाका आकृतिहरू सजिएका छन्।

एमाले भक्तपुर अध्यक्ष वचन देउजाका अनुसार मञ्चको काम अन्तिम चरणमा पुगेको छ। उद्घाटनमा तीन लाखभन्दा बढी सहभागी हुने अनुमान छ। मञ्च परिसरमा १५ हजार चियर र ठूला भिजुअल स्क्रिन जडान गरिएको छ।
सुरक्षा, साउन्ड र पार्किङ व्यवस्थामा प्रविधिमैत्री प्रणाली अपनाइएको छ। गाडी पार्किङका लागि क्यूआर कोडमार्फत स्थान निर्धारण गरिने छ। एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम शनिबार बिहान ११ बजे सुरु हुने छ।

प्रकाशित मिति : २०८२, २६ मंसिर शुक्रबार  ४ : ४६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा