२०८२, ५ माघ सोमबार

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च


भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा १०८ रोपनीमा फैलिएको भव्य मञ्च तयार पारेको छ। काठमाडौं उपत्यकाको कला, संस्कृति र वास्तुकलालाई समेटेर बनाइएको मञ्चको मूल डिजाइन चाँगुनारायण मन्दिरबाट प्रेरित छ। मञ्चमा शंख, चक्र, घन्टा, धरहराको प्रतिरूपसहित उपत्यकाका पुरातन सम्पदाका आकृतिहरू सजिएका छन्।

एमाले भक्तपुर अध्यक्ष वचन देउजाका अनुसार मञ्चको काम अन्तिम चरणमा पुगेको छ। उद्घाटनमा तीन लाखभन्दा बढी सहभागी हुने अनुमान छ। मञ्च परिसरमा १५ हजार चियर र ठूला भिजुअल स्क्रिन जडान गरिएको छ।
सुरक्षा, साउन्ड र पार्किङ व्यवस्थामा प्रविधिमैत्री प्रणाली अपनाइएको छ। गाडी पार्किङका लागि क्यूआर कोडमार्फत स्थान निर्धारण गरिने छ। एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम शनिबार बिहान ११ बजे सुरु हुने छ।

प्रकाशित मिति : २०८२, २६ मंसिर शुक्रबार  ४ : ४६ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा