२०८२, ५ माघ सोमबार

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते


पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृत्यु भएका तीनमध्ये दुई जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार शुक्रबार बिहान अरूणखोलाबाट रामपुरतर्फ गइरहेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप घुम्ती नजिकबाट करिब १२ सय मिटर तल खसेको थियो। दुर्घटनामा निस्दी–७ की ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ की ओमकुमारी खाम्चाको पहिचान खुलिसकेको छ। अर्की मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।

जिप उकालो सडकमा यात्रु चढाइरहेको बेला पछाडि गुडेर खसेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक टेकबहादुर गाहा मगर (४०), मध्यबिन्दु–१२, पूर्वी नवलपरासीसहित आठ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको उपचार पूर्वी नवलपरासीस्थित मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा भइरहेको छ भने तीन जनाको अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल दुर्गम भेगमा रहेकोले उद्धारमा समय लागेको प्रहरीले बताएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, २६ मंसिर शुक्रबार  ४ : ३७ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा