२०८२, १६ चैत्र मंगलबार

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’


काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा सचिव पदमा उठ्नु आफ्नो स्वाभाविक हक भएको दाबी गर्दै स्पष्ट चेतावनी दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लामो समयदेखि सक्रिय रहेका राईले बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “पार्टीमा क्रमशः अघि बढ्ने क्रममा सचिव पद मेरो स्वाभाविक दाबी हो। १० औं महाधिवेशनमा सहमतिको कारण स्थायी कमिटीमै बस्न बाध्य भएँ, अब रोक्ने कोही छैन।”

राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग नेता भएको दाबी गर्दै थपे, “म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।”

उहाँले गाउँबाट सुरु गरेको राजनीतिक यात्राले आफूलाई स्थायी कमिटीसम्म पुर्‍याएको उल्लेख गर्दै कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले आफूलाई उपमहासचिव र सचिव दुवै पदका लागि योग्य ठानेको जानकारी दिए।

राईले स्पष्ट पारे, “यदि सहमतिले अघि बढ्यो भने सचिव पदमै मेरो उम्मेदवारी रहनेछ। स्थायी कमिटीबाट सचिव पदमा जानु स्वाभाविक प्रक्रिया हो। यो रोक्न सक्ने कोही छैन।”

उहाँले अध्यक्ष ओलीदेखि अन्य नेतासम्मले आफ्नो दाबीलाई स्वाभाविक रूपमा स्वीकार गरेको पनि बताए।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ७ : ०६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा