२०८२, ५ माघ सोमबार

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’


काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा सचिव पदमा उठ्नु आफ्नो स्वाभाविक हक भएको दाबी गर्दै स्पष्ट चेतावनी दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लामो समयदेखि सक्रिय रहेका राईले बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “पार्टीमा क्रमशः अघि बढ्ने क्रममा सचिव पद मेरो स्वाभाविक दाबी हो। १० औं महाधिवेशनमा सहमतिको कारण स्थायी कमिटीमै बस्न बाध्य भएँ, अब रोक्ने कोही छैन।”

राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग नेता भएको दाबी गर्दै थपे, “म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।”

उहाँले गाउँबाट सुरु गरेको राजनीतिक यात्राले आफूलाई स्थायी कमिटीसम्म पुर्‍याएको उल्लेख गर्दै कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले आफूलाई उपमहासचिव र सचिव दुवै पदका लागि योग्य ठानेको जानकारी दिए।

राईले स्पष्ट पारे, “यदि सहमतिले अघि बढ्यो भने सचिव पदमै मेरो उम्मेदवारी रहनेछ। स्थायी कमिटीबाट सचिव पदमा जानु स्वाभाविक प्रक्रिया हो। यो रोक्न सक्ने कोही छैन।”

उहाँले अध्यक्ष ओलीदेखि अन्य नेतासम्मले आफ्नो दाबीलाई स्वाभाविक रूपमा स्वीकार गरेको पनि बताए।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ७ : ०६ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा