२०८२, १६ चैत्र मंगलबार

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताहरू आफूविरुद्ध सक्रिय भएको आरोप लगाउनुभएको छ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले पोखरेल र अन्य नेताहरू प्रधानमन्त्री सुशीला कार्कीसँग मिलेर आफूविरुद्ध लागेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो।” अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै वर्तमान सरकारका गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो। उहाँले भने, “सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने–नजाने निर्णय मैले गर्नेछु। यसमा अनावश्यक दबाब नदिन पोखरेललाई अनुरोध गर्दछु।” उहाँले प्रधानमन्त्री कार्कीलाई सन्देश दिँदै चेतावनी पनि दिनुभयो, “समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र रोकिन्न। ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु।”

भदौ २४ गतेका घटनाबारे ओलीले आफू भागेको नभई थप क्याजल्टी रोक्न बालुवाटार छाडेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “उनीहरूको ज्यान बचाउन मैले मुकाम परिवर्तन गरेँ। देश छाडेर कतै गएको छैन, जाने पनि होइन।” ओलीका यी अभिव्यक्तिले पार्टीभित्रको अन्तरद्वन्द्व र वर्तमान सरकारप्रति एमाले नेतृत्वको असन्तुष्टि प्रष्ट देखाएको छ।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : ५५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा