२०८२, ५ माघ सोमबार

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताहरू आफूविरुद्ध सक्रिय भएको आरोप लगाउनुभएको छ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले पोखरेल र अन्य नेताहरू प्रधानमन्त्री सुशीला कार्कीसँग मिलेर आफूविरुद्ध लागेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो।” अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै वर्तमान सरकारका गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो। उहाँले भने, “सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने–नजाने निर्णय मैले गर्नेछु। यसमा अनावश्यक दबाब नदिन पोखरेललाई अनुरोध गर्दछु।” उहाँले प्रधानमन्त्री कार्कीलाई सन्देश दिँदै चेतावनी पनि दिनुभयो, “समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र रोकिन्न। ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु।”

भदौ २४ गतेका घटनाबारे ओलीले आफू भागेको नभई थप क्याजल्टी रोक्न बालुवाटार छाडेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “उनीहरूको ज्यान बचाउन मैले मुकाम परिवर्तन गरेँ। देश छाडेर कतै गएको छैन, जाने पनि होइन।” ओलीका यी अभिव्यक्तिले पार्टीभित्रको अन्तरद्वन्द्व र वर्तमान सरकारप्रति एमाले नेतृत्वको असन्तुष्टि प्रष्ट देखाएको छ।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : ५५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा