२०८२, १६ चैत्र मंगलबार

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल बनायो। लुम्बिनीका ओपनर डार्शी सर्टले उत्कृष्ट ब्याटिङ गर्दै सबैभन्दा धेरै ४५ रन जोडे। उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सुरुवाती चरणमा दिनेश अधिकारी १ रनमै आउट भए पनि सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी निर्माण गरे। रोहितले ३० बलमा ३४ रन बनाए।

विकेटकिपर निरोशन डिकवेलाले पनि प्रभावकारी योगदान दिंदै २२ बलमा ४ चौकासहित २९ रन जोड्ने काम गरे। तर मध्यम तथा तल्लो क्रमले लय समाउन सकेन। सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट भए भने दिलीपन नाथ १ रनमै फर्किए। शेर मल्लले ७ रन जोडे।

पहिलो १० ओभरमा ६९/१ को अवस्थामा रहेको लुम्बिनीले दोस्रो १० ओभरमा थप ७ विकेट गुमाउँदै ६५ रन मात्र जोड्न सकेको थियो। विराटनगरका बलरहरूले कडाइका साथ बलिङ गरे। सुभाष भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। प्रतिश जिसीले ४ ओभरमा २५ रन दिएर ३ विकेट हात पारे। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।

अब यो खेलको विजेता फाइनल पुगेपछि उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : ३६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा